Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

उपाधिको लागि आर्मी र विमान भिड्दै

उपाधिको लागि आर्मी र विमान भिड्दै

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र ८ २०७७


उपाधिको लागि आर्मी र विमान भिड्दै

इलाम । इलाममा जारी दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मी र विमान ट्रेडर्स विर्तामोड भिड्दै छन् । शनिबारको सेमीफाइनल खेलमा दुवै टोलीले जित निकाल्दै आज हुने उपाधि भिडन्त पक्का गरेका हुन् ।

विभागीय डर्बी रहेको पहिलो सेमीफाइनलमा आर्मीले पुलिसलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । आर्मीले पुलिसलाई १९–२५ २५–२२, २५–१५ र २५–२० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट गुमाएको आर्मीले त्यसपछि लगातर तीन सेट जित्दै फाइनलमा स्थान बनाएको हो । पहिलो सेट आर्मीले १९–२५ ले सहजै हारेको थियो । तर त्यसपछि भने खेलमा उत्कृष्ट प्रर्दशन गर्यो ।

दोस्रो सेटमा २५–२२ ले जितेको थियो । तेस्रो सेट २५–१५ ले जित्यो । चौथो सेटमा पछि परेको अवस्था उल्ट्याउँदै २५–२० को जीत निकाल्यो । नियमित कप्तान ईम रानामगर र द्धारिका थापा नहँुदा पुलिस कमजोर देखिएको थियो । दोश्रो सेमीफाइनलमा भारतीय खेलाडी सम्मिलित गत बर्षको उपविजेता विमान ट्रेडर्स विर्तामोडले नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि होडमा प्रवेश गरेको थियो ।

विमानले उपाधिको दावेदारको रुपमा हेरिएको एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । विमानले एपिएफलाई २७–२५, २५–२० र २५–२२ ले हराउँदै फाइनलमा त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो ।

पहिलो सेटमा एपिएफले उच्च प्रतिस्पर्धा गरेपनि अन्तिममा दुई लगातार अंक गुमाउँदै हारेको थियो । दोस्रो र तेस्रो सेटमा विमानले सहज जित निकालेको थियो । जिल्ला भलिबल संघको आयोजनामा गत चैत्र ४ गतेबाट जारी प्रतियोगिताको विजेताले २ लाख र उप विजेताले १ लाख पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार