फिक्कल । इलामको सूर्योदय नगरपालिका –३मा अवस्थित फुर्बा बङ्गुर फार्मको आज एक कार्यक्रम बिच सार्बजनिक सुनुवाइ कार्यक्रम सप्पन्न भएको छ । भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश–१ बिराटनगरको १०लाख र फार्मको ३ लाख ५४ हजार ९० रुपैया गरि कुल १३ लाख ५४ हजार ९० रुपैया बराबरको लागतमा निर्मित फार्मको आय ब्यय सस्थाका संचालक सागर योल्मुले प्रस्तुत गरे ।
वडा नं ३ का वडाध्यक्ष होम बहादुर कार्कीले ब्याबसायिक पशुपालन कार्यक्रमले लगनशिल कृषकलाई उत्साहित बनाएको भन्दै बर्तमान समयमा कागजी प्रक्रियाका केही संस्थाहरुले दिगो संस्थाहरुलाइ असर पारिरहेको बताए । उनले दिगो फार्म सन्चालन गर्न सबैलाई आग्रह गरे ।
२०६९ सालदेखि सन्चालनमा आएको सो फार्ममा हाल योर्कसाएर,ह्यामसाएर,डयुरोक,ल्यान्डरेश जस्ता उन्नत जातका बङ्गुर उत्पादन हुँदै आएको संचालक योल्मुले बताए । मझौला व्यवसायिक बङ्गगुर पालन अन्तर्गत सो फार्ममा हाल ८०/८५ को संख्यामा बङ्गुर रहेका छन। हालसम्म २० लाख बढि लगानी रहेको फार्मको मुख्य बजार भने भारतको सिक्किम ,दार्जिलिङ र मिरिक रहेको संचालक योल्मुले बताए