Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

नेपाली फुटबलर अनिता र सरु चम्कदा मासाको लगातार दोश्रो जीत

नेपाली फुटबलर अनिता र सरु चम्कदा मासाको लगातार दोश्रो जीत

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र ७ २०७७


नेपाली फुटबलर अनिता र सरु चम्कदा मासाको लगातार दोश्रो जीत

इलाम । नेपाली खेलाडी चम्कदा पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियन्ससिपमा मासा युनाइटेडले लगातार दोश्रो जीत निकालेको छ । नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानमा उत्रिएको मासाले हायर एजुकेसन कमिसन (एचइसी) को टोलीलाई ४–० ले हरायो ।

मासाको जीतमा अनिता केसीले २ गोल, सरु लिम्बु र सम्रोज सम्रिनाले १/१ गोलको योगदान दिए । खेलको सुरुवातबाटै दवाब बनाएको मासाले छैटौ मिनेटमा अग्रता बनायो । सरुको पासमा अनिताको प्रहार गोलरक्षकबाट डिफ्लेक्ट हुँदै पोष्टको दिशा लियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको मासाले दोश्रो हाफमा थप ३ गोल ग¥यो । खेलको ५८ औ मिनेटमा सेन्टरबाट अनिताले एचइसीका खेलाडीलाई छलाउँदै गरेको प्रहार गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा सम्रोजले अग्रता दोब्बर बनाइन् ।

७८ औ मिनेटमा सरुको पासमा अनिताले एचइसीको डिफेन्सका बिचबाट गरेको प्रहार गोलमा परिणत भयो । ८३ औ मिनेटमा सरुले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुम्दा मासाले खेल ४–० ले जित्यो । वुमन्स च्याम्पियन्ससिपका लागि मासाले विभागीय टोली एपिएफमा रहेका ४ जना राष्ट्रिय खेलाडीलाई बोलाएको थियो ।

यसअघिको खेलमा समेत नेपाली खेलाडी चम्कदा मासाले सियालकोट सिटीलाई १९–० हराएको थियो । जसमा सरुले एक्लै १० गोल गरेकी थिइन् । अनिताले ६ र डिफेन्डर गिता राना र सम्रोज सम्रिनाले १÷१ गोल गरेका थिए । मासाले यसअघि दोश्रो खेल कराँची युनाइटेडसंग खेल्ने तय भएको थियो । कराँचीका खेलाडीमा कोरोना देखिएपछि सो खेल स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार