Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा १५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

इलाममा १५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र ६ २०७७


इलाममा १५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

इलाम । इलाममा १५ हजार भन्दा बढीले कोभिड १९ विरुद्ध खोप अभियानमा ‘कोभिशिल्ड खोप’ लगाएका छन् । तेस्रो प्राथमिकतामा परेकाको पहिलो चरणका लागि सञ्चालित अभियानमा जिल्लाका १५ हजार चार सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ ।

जिल्लाका १० पालिकाकाकै विभिन्न स्वास्थ्य केन्द्रमा गएको फागुन २३ गतेबाट अभियान सञ्चालन भएका थिए । जिल्ला भरी तीन सय ४१ सेसनमा सञ्चालन भएको केन्द्रमा प्राथमिकताका आधारमा जेष्ठ नागरिकलाई खोप लगाइएको थियो । जिल्लाका लागि एक हजार पाँच सय ५६ भायल खोप आएकोमा अब २० भायल खोप मात्रै बाँकी रहेको कार्यलय प्रमुख वृजकुमार दासले जानकारी दिए । उनले भने एक भायल खोपले १० जनालाई पुग्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार