Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल : एपिएफले दमकलाई हरायो

इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल : एपिएफले दमकलाई हरायो

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ५ २०७७


इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल : एपिएफले दमकलाई हरायो

इलाम : इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता भरखरै सम्पन्न खेलमा विभागीय टोली एपिएफले दोश्रो जीत निकालेको छ । दमक नगर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोश्रो जीत निकालेको हो ।

खेल एपिएफले २५–२१ ले पहिलो सेट जितेको थियो । दोश्रो सेटमा दमकले २२–२५ को जित निकाल्यो । त्यसपछिको दुई सेट एपिएफले २५–११ र २५–१९ ले जित्यो । त्यसैगरी आज नै भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिुभवन आर्मीले समेत दोश्रो जीत निकालेको छ ।

गौरादह झापा विरुद्ध आर्मीले ३–२ को सेटमा जित्यो । पहिलो सेट २५–२० ले जितेको आर्मीले दोश्रो र तेश्रो सेट क्रमश २२–२५ र २३–२५ ले हार्न पुग्यो । २–१ ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै बाँकी २ सेट आफ्नो पक्षमा पार्न सफल रहयो । आर्मीले २५–१४ र १५–८ ले खेल जित्यो ।

आजको अन्तिम खेल विमान ट्रेडर्स विर्तामोड र डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश बिच हुँदैछ । बुधबारको खेलमा विमान ट्रेडर्सले आमी विरुद्धको खेल ३–२ को सेटमा हारेको थियो । यता गण्डकीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार