फिक्कल । सप्तरीको राजविराजमा सम्पन्न प्रथम देव सुन्दर यादव स्मृति खुल्ला राष्ट्रिय भारातोलनमा इलामको माई नगरपालिकाकी सुस्मा राईले कास्य पदक प्राप्त गरेका छन् । इलाम जिल्लाबाट प्रतिनिधित्व गरेकी सुस्माले ५५ केजी तौल समुहमा पदक प्राप्त गरेकी हुन् ।
सो विधामा बर्दियाकी खेलाडीले स्वर्ण र नेपाल आर्मीकी खेलाडीले रजत पदक प्राप्त गरेकी छन् । सप्तरीका पुराना भारोत्तोलन खेलाडी एवं रेफ्रि राजविराज निवासी स्व। देवसुन्दर यादवको स्मृती एवं सम्मानमा सो प्रतियोगिता आयोजना गरिएको थियो ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको थियाे । महिला तर्फ १७ र पुरुषतर्फ विभिन्न १८ तौल समूहमा प्रतिष्पर्धा भएको थियो ।