Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

‘सरी मम’ का लागि कलाकारको खोजी

‘सरी मम’ का लागि कलाकारको खोजी

  • लोकल सन्देश
  • बुधबार, फाल्गुन २६ २०७७


‘सरी मम’ का लागि कलाकारको खोजी

इलाम । विनोद लामाको प्रस्तुतीमा निर्माण हुने नयाँ चलचित्र ‘सरी मम’ ले कलाकारको खोजी गरेको छ । सोमवार पोस्टर सार्वजनिक गर्दै चार जना मुख्य कलाकारको खोजी भएको जानकारी दिइएको हो । चलचित्रका लागि निर्माण टिमले चत्रै १ गते नेपाल फिल्म एकेडेमी महाराजगञ्जमा अडिसन गर्दैछ ।

निर्माता लामाका अनुसार, तीन जना १७ देखि २० वर्ष उमेर समुहका महिला र एक जना सोही उमेर समुहका पुरुष कलाकारको लागी अडिसन लिइनेछ । कलाकार बन्न इच्छुकले निर्माण कम्पनीको इमेल nficreation.9@gmail.com मा विभिन्न एङ्गलमा खिचिएका ५ ओटा प्रोफाइल सहितका फोटो पठाउन सक्नेछन् ।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने चलचित्रको आउँदो बैशाखबाट छायांकन सुरु हुँदेछ । निर्माता लामाले यसअघि शैक्षिक चलचित्र ‘कखरा’ निर्माण गरेका थिए । यसपटक पनि गहन विषयमाथि चलचित्र बन्न लागेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार