इलाम । इलाम भन्ने बित्तिकै कन्याम अन्तु सन्दकपुर सबैको मानसपटलमा घुम्छ । पछिल्लो समय इलामका यी भागमा चलेका फिल्महरु नाइ न भन्नू ल ५ , लभ स्टेसन , प्रेम दिवस ,म यस्तो गित गाउछु–२ कोरोनाका कारण रिलिज हुन वाकी नै छ । धमाधम सुटिङ्ग भएर र अन्य थुप्रै फिल्महरु सुटिङ्ग हुने क्रममा छ । तर म्युजिक भिडियो बनाउनेहरुको लागि भनेर इलामे भुमि भाग्यमानी सावित हुँदै आएको छ ।
कोरोनाको कहरपछि इलाममा म्युजिक भिडियो र फिल्महरु धमाधम सुटिङ्ग हुने क्रम बढदो छ । इलाममा धेरै नाम चलेका फिल्म तथा कलाकारहरुले धेरै रुचाउने ठाउँ इलाम नामले नै काफी छ । यस्तै पछिल्लो समय इलामको कन्याम कुटि डाँडा श्रीअन्तु करफोक सिमपानी लगायत ठाउँमा इलामकै मोडेल तथा पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा लागेका इलामे युवा हिकस राई आफैले अभिनय तथा निर्देशन गरेको म्युजिक भिडियोको सुटिङ्ग सकाएका छन ।

‘कस्तो भेट भयो हाम्रो’ बोलको गितको सुटिङ्ग सम्पन्न भएको हिकस बताउँछन । अमृता वान्तवाको शब्दमा इलामेली गायक मिलन बम्जनले स्वर दिएका छन् । बिनोद खम्बुको संगीत रहेको म्युजिक भिडियोमा इलामका लोकप्रिय कलाकार हिकस राइ, युवन्तिका तामाङ्ग, मन्जरी कडेल, हिमाल शर्मा र गौरब राई रहेका छन् ।
क्यामेरा तथा म्युजिक भिडियो सम्पादन निशान्त रानाले गरेका छन । इलामको सुर्योदय नगरपाकिका वडा न ३ जिलमा जन्मिएका हिकस पहिले म्युजिक भिडियोमा मोडलको रुपमा आएका थिए । ३५ वटा भन्दा बढि भिडियोमा उनले अभियन गरेका छन् । मोडेल सँगसँगै म्युजिक भिडियो निर्देशन तथा छायांकनमा पनि विशेष रुचि भएका राई आफैले निर्देशन गरेका २० वटा भन्दा बढि भिडियो बजारमा आएका छन ।

पछिल्लो समय इलाममा म्युजिक भिडियोमा युवा युवतिको क्रेज बढदै गएकाले म्युजिक भिडियो खेल्ने मोडेलहरु तथा इलामका ठाउहरुमा फिल्म म्युजिक भिडियो बनाउनेहरुको सङ्ख्या बढदो छ । यसरी हेर्दा इलामको पहिचानको साथै पर्यटन प्रवद्वनमा समेत यस्ले धेरै फाइदा पुग्ने देखिन्छ ।
ठाउँहरुको चिनारी सँगसँगै इलामको अर्को विशेषता म्युजिक भिडियो छायाङकनले पक्कै पनि गर्ने छ । ‘कस्तो भेट भयो हाम्रो’ नामको म्युजिक भिडियोको छायांकन सकिए पछि अहिले सम्पादनको काम भै रहेको र चाडै नै म्युजिक भिडियो बजारमा आउने रार्इले बताए । हेरौ भिडियो सुटिङ्गको क्रममा लिएका केही तस्वीरहरु
