नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न ३ र ४ संयुक्त रूपमा आफ्नो कार्यक्षेत्र भइ काम गरिरहेको नामसालिङ्ग सानाकिसान कृषि सहकारी सस्था लिमिटेले बाख्रा पालन ,पशु व्यवस्थापन तथा उपचार सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ । सँस्थाका ३० जना शेयर सदस्यहरुलाई बाख्रा पालन खोर व्यवस्थापन रोग तथा घाँस व्यवस्थापन सम्बन्धी तालिम आज सम्पन्न भएको हो ।
तालिम वडा न ३ मा रहेको नामसालिङ्ग सामुदायिक बिकास केन्द्रको भवनमा आयोजना गरिएको थियो। साना किसान विकास लघुवित्त वितिय सस्था लिमिटेड इलाका कार्यलय बिर्तामोडको सहयोगमा नामसालिङ्ग सानाकिसान कृषि सहकारी सस्था लिमिटेडले आयोजना गरेको तालिमको सहजीकरण माईजोगमाई गाउपालिका वडा न ५ का पशु प्राविधिक दिपेन्द्र खनाल , सहारा नेपाल को टेक्निकल सुपरभाइजर निरोज लुइटेल तथा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका डिक बहादुर कार्कीले गरेका थिए ।
सस्थाका अध्यक्ष बिमल पौडेलको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिती माईजोगमाई गाउपालिका वडा न ४ का वडाध्यक्ष गणेश कुमार राई रहेका थिए । सहभागिको तर्फ बाट दुर्गा देवि शिवाले मन्तब्य संग कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रमको २ दिने तालिमको मुल्यांकन दुर्गादेवी ढकालले गरेकी कार्यक्रमको सञ्चालन सस्थाका प्रवन्धक टीका आचार्यले गरेका थिए ।
बाख्रा पालन खोर व्यवस्थापन रोग नियन्त्रण सम्बन्धी तालिमले धेरै कुरा सिकाएको र व्यबहारमा लागू हुने कुरा सिक्न पाएको तालिमका सहभागि कृषकहरुले बताए । आफुहरु सबै किसान भएको र सँस्थाले कृषकको लागि आवश्यक तालिमहरु सिकाएकोमा खुसी व्यक्त गरे । व्यवसायीक रुपमा बाख्रा फार्म खोलेर काम गर्दा तालिमको फाइदा रहेको सहभागिहरुले बताए ।
व्यबसायिक रूपमा बाख्रा फार्म सञ्चालन गरिरहेका तथा पशु प्राविधिक पारस घिमिरेले आफुले संचालन गरेका फार्म बारे आफुले जानेका कुराहरु खोर व्यवस्थापन बाख्रा पालन सम्बन्धि जानकारी गराएका थिए , परम्परागत माध्यम बाट उन्नत तथा व्यबसायिक रुपमा बाख्रा पालन गर्दा अहिले बजार पनि राम्रो जतिबेलै पनि बिक्ने हुदा सबैलाई व्यवसायीक तरिकाले बाख्रा पालन गर्न अनुरोध गरे । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएको छ ।