Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङमा दन्त उपहार कार्यक्रमबाट २६६ लाभान्वित

रोङमा दन्त उपहार कार्यक्रमबाट २६६ लाभान्वित

  • गणेश अर्याल
  • शनिबार, फाल्गुन २२ २०७७


रोङमा दन्त उपहार कार्यक्रमबाट २६६ लाभान्वित

रोङ । इलामको रोङ गाउँपालिकामा सम्पन्न दन्त उपहार कार्यक्रममा दुई सय ६६ जनाले सेवा लिएका छन् । सेवा लिएका मध्ये ४७ जनाको पुरै दाँत सेट नै लगाइएको छ । भने एक सय ६७ जनाले दाँत खोलेर सेवा लिए । त्यसैगरी ८० जनाले खुद्रा दाँत लगाएका थिए । पुरै सेट नलगाइ एक दुइ वटा मात्रै दाँत लगाएकालाई खुद्रा दाँत लगाएको भनिने गरिन्छ । तीन दिनसम्म सञ्चालन भएको शिविरको  एक कार्यक्रम गरी समापन गरिएको छ ।

समापनको अवसरमा शिविर सञ्चालनमा सहयोग गर्ने बिभिन्न संघसस्था तथा सहयोगी ब्यक्तिहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । रोङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भटराईको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य बिमला तामाङ,वडा सदस्य प्रेमराज गुरुङ लगायतको आतिथ्यतामा समापन कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोङका प्रमुख प्रशासकीय अधिकृत भटराईले स्थानीय सरकारको आभास दिनको लागि स्वास्थ्यको कार्यक्रम प्रभावकारी भएको बताए । उनले गत कात्तिक मंसिरमा नै गर्न लागिएको भए पनि जाडो समय सकिए पछि कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।

त्यस्तै रोङ–३ का वडा सदस्य प्रेमराज गुरुङले टाढा गएर उपचार गर्दा लाग्ने समय र खर्च बचाउन कार्यक्रम सञ्चालन गरिएको बताए । गत बुधबार देखि लगातार गरी तीनदिन कार्यक्रम सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रकुमार देबले बताए ।

पूर्वाञ्चल डेन्टल प्रालि इटहरीको प्राबिधिक सहयोगमा सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ को सहकार्य र रोङ गाउपालिका इलामको आयोजनामा दन्त शिविर सञ्चालन गरिएको पूर्वाञ्चल डेन्टल प्रालिका सञ्चालक केशब रिमालले बताए । यस अघि इलामको माईजोगमाईमा  दन्त उपहार कार्यक्रम सञ्चालन भएको थियो ।

इलामको देउमाई नगरपालिका र फाकफोकथुम गाँउपालिकामा केही दिनमा सञ्चालन हुने तय भएको छ । खोटाङको राबाबेशी गाउपालिका बाट सूरु भएको उक्त कार्यक्रम प्रदेश नम्बर १ का १० वटा पहाडी जिल्लाको विभिन्न स्थानीय तहमा दन्त उपहार कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार