Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता : वडा नम्बर–७ र ९ काे विजयी सुरुवात

सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता : वडा नम्बर–७ र ९ काे विजयी सुरुवात

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २१ २०७७


सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता : वडा नम्बर–७ र ९ काे विजयी सुरुवात

माई । प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगितामा वडा नं ७ र ९ ले बिजयी सुरुवात गरेका छन् । इलाम र झापाको सिमानामा पर्ने सुखानीमा हत्या गरिएका पाँच शहिदको सम्झनामा आयोजित प्रतियोगितामा पुरुष तर्फ वडा नं ७ ले वडा नं ५ तथा महिला तर्फ वडा नं ९ ले वडा नं २ लाई पराजित गर्दै बिजयी सुरुवात गरेका हुन् ।

प्रतियोगिताको उद्धघाटन खेलमा वडा नं ५ को चुनौतीलाई टाइब्रेकरमा पन्छाउँदै वडा नं ७ क्वाटरफाइनल प्रवेश गर्न सफल रहयो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि रोजिएको टाइब्रेकरमा ४–२ गोल अन्तरले वडा नं ७ बिजयी बन्यो । खेलको म्यान अफ दि म्याच बिजयी टिमका गोलरक्षक निरज तामाङ्ग घोषित भए ।

त्यसैगरी महिला तर्फको पहिलो खेलमा विनिता राईको निर्णायक गोलको मद्धतमा वडा नं ९ बिजयी बन्यो । गोलकर्ता राई वुमन अफ दि म्याच घोषित भइन् । प्रतियोगिता अन्र्तगत भोली पुरुष तर्फ वडा नं १ र वडा नं २ तथा महिला तर्फ वडा नं ८ र वडा नं ४ बिच प्रतिस्पर्धा हुनेछ ।

ओली समुह निकट राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा भएको प्रतियोगिता प्रदेश सांसद काजीमान कागतेले उद्धघाटन गरे । कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोख्रेल लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार