माई : सुखानी सहिदहरुको स्मृतिमा इलामको माई नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। फागुन १७ गते बसेको कार्यपालिकाको बैठकले वडा नम्बर ४ को सुखानी क्षेत्रमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा बिदा दिने निर्णय गरेको हो।
इलाम र झापाको सिमानामा पर्ने सुखानीमा २०२९ फागुन २१ झापा कारागारबाट इलाम कारागार सार्ने बहनामा तत्कालीन पञ्चायती शासकहरुले बामपन्थी नेता रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको हत्या थियो। उनीहरुको सम्झनामा हरेक वर्ष फागुन २१ गते सुखानीमा कार्यक्रम गरिँदै आएको छ।
फरक फरक श्रद्धाञ्जलीसभा
आज फागुन २१ मा सदाहत स्थलमा दुई कार्यक्रम आयोजना गरिएको छ । ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले विहान ८ बजे श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष पार्टीले सोहि ठाउँमा श्रद्धाञ्जलि सभा लगायतका कार्यक्रम आयोजना गर्दै आएको थियो ।

यस्तै, अर्को प्रचण्ड–नेपाल समूहले अलग्गै सदाहत स्थलमै अर्को कार्यक्रमको आयोजना गरेको छ । ११ बजेदेखि प्रचण्ड–नेपाल समूहले श्रद्धाञ्जलि सभा आयोजना गरेको बताइएको छ ।
