Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता आजबाट

प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता आजबाट

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २१ २०७७


प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता आजबाट

माई । इलामको माई नगरपालिकामा आजबाट प्रथम सुखानी शहिद स्मृति फुटबल प्रतियोगिता सूरु हुँदैछ । ओली समुह निकट युवा संघ नेपालले वडा नं ४ को शुक्रबारे खेलमैदानमा पञ्चायती शासकले झापाबाट इलाम जेल सार्ने बाहानामा हत्या गरेका ५ जनालाई बामपन्थी योद्धाहरुको स्मृतिमा प्रतियोगिता आयोजना गरेकाे हो ।

प्रतियोगितामा १० वटै वडाका महिला र पुरुष टिमको सहभागिता रहेको छ । उद्धघाटन खेलमा पुरुष तर्फ वडा नं ५ र ७ बिच प्रतिस्पर्धा हुनेछ । महिला तर्फ आज नै वडा नं २ र ९ बिच प्रतिस्पर्धा हुने तय भएको छ । प्रतियोगितामा पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र लगायत बिभिन्न बिधामा पुरस्कृत गरिने जनाइएको छ । शहिद रामनाथ दहाल, कृष्ण कुईकेल,नेत्र घिमिर, नारायण श्रेष्ठ र बीरेन राजबंंशीले सहादत प्राप्त गरेको दिनबाट प्रतियोगिता थालनी गर्दै आगामी २९ गते समापन गरिनेछ ।

उद्घाटन कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश साँसद काजिमान कागते, ईलाम नगरपालिका प्रमुख महेश बस्नेत, माईका नगर प्रमुख दिपक कुमार थेबे, उपप्रमुख बिष्णुमाया आचार्य लगायतको सम्बोधन गर्नेछन् । उद्घाटनमा वडाहरुबाट जात(जातिका झाँकी तथा राष्ट्रिय स्तरका कलाकारको सहभागितामा रहने छ

प्रतिक्रिया
सम्बन्धित समाचार