Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फुएतप्पामा अध्यक्ष कप हुने

फुएतप्पामा अध्यक्ष कप हुने

  • लिला सुब्बा
  • बिहिबार, फाल्गुन २० २०७७


फुएतप्पामा अध्यक्ष कप हुने

फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

बैशाख १ गते सम्पन्न हुने प्रतियोगिताको विजेतालाइ एक लाख र उपविजेता पचास हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कार रहेनेछ । प्रतियोगितातामा १६ टिम सहभागी हुने आयोजक जनाएको छ । सेभेन साइडमा हुने प्रतियोगितामा दर्ता भएका क्लबहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।

फुङ्वा युवा क्लब स्थापना काल देखी नै फुएतप्पा महोत्सव, सांस्कृतिक कार्यक्रम, जनचेतनामुलक विविध कार्यक्रम एवं जनसहभागितामा विकास निर्माणको कार्यक्रमहरु गर्दा आएको क्लब अध्यक्ष फुर्सद योङहाङ बतााए । हरेक बर्ष फाकफोकथुमका विभिन्न वडाहरुमा अध्यक्ष कप हुँदै आएको छ ।

फुएतप्पाको लिम्बु गाउँमा हुने अध्यक्ष कप प्रतियोगिता एव नयाँ बर्षको अवसरमा हुने बृहत सांस्कृतिक कार्यक्रम सहित हुने फाइनल खेलमा स्थानीयहरु मौलिक पहिचान एवं मौलिक संस्कार समेत अवलोकन गर्ने सकिने भएकोले दर्शकहरुको बाक्लो उपस्थिती रहने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार