Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्याङमा फाल्गुन २१ बाट शिवरात्री गोल्डकप हुने

प्याङमा फाल्गुन २१ बाट शिवरात्री गोल्डकप हुने

  • लाेकेन थेवे
  • सोमबार, फाल्गुन १७ २०७७


प्याङमा फाल्गुन २१ बाट शिवरात्री गोल्डकप हुने

प्याङः इलामको जोगमाई ६ प्याङमा महाशिबरात्रीको अवसरमा शिबरात्री गोल्डकप हुने भएको छ । ३५ बर्ष पहिले देखि शुरु भएको महाशिबरात्री गोल्ड कपमा खुला पुरुष र महिलाको फुटबल खेल हुँदै आएको थियो । तर यस बर्ष पुरुषको मात्र प्रतियोगिता हुने प्याङ खेलकुद संघका सचीव भोगेन्द्र ढकालले बताए ।

विविध कारणले गर्दा केही बर्ष अगाडी देखि शिबरात्रीमा फुटबल खेल मेला लाग्न बन्द रहेको थियो । केही बर्ष प्रतियोगिता संचालन नहुँदा खेलप्रेमीहरु प्रतियोगिता सुचारु गर्न माग राखेपछि गाउँको पहिचानलाई कायम राख्न यस बर्ष प्रतियोगिता आयोजना गरिएको हो ।

प्याङमा शिवरात्रीको अवसरमा फुटबल खेल संगै मेला लाग्ने गरेता पनि ३ बर्ष देखि संचालन हुन सकेको थिएन्। माईजोगमाई गाँउपालिकाको १ लाख आर्थिक सहयोग र शेर्पा ट्रेड इलामको सहप्रायोजनमा फागुन २१ गते देखि २७ गते सम्म प्याङ मा बि को खेल मैदान ल्याउ गैरीमा संचालन हुने आयोजकले जनाएको छ ।

७ दिन सम्म सन्चालन हुने गोल्डकपको बिजेताले नगद ८० हजार ट्रफी ,मेडल र प्रमाणपत्र र उप बिजेताले नगद ४० हजार ट्रफी ,मेडल र प्रमाणपत्र पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार