इलाम । आशिष राईले ह्रयाट्रिक गरेपछि सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री कुमारी क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा श्री कुमारीले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
१० खेलाडीमा सिमित श्री कुमारीको जितमा इलामकाे सूर्योदय नगरपालिकाका आशिषले ह्याट्रिकसहित ४ गोल गरे । श्री भगवतीका नवराज गुरुङले एक गोल फर्काए । थ्रीस्टार क्लबबाट गत बर्ष खप्तड गाेल्डकप, आहारारा गोल्डकप प्रतियोगितामा सहभागिता जनाएका आशिष गृह जिल्लामा हल्क नामले चिनिन्छन् । छिमेकी देश भारतको दार्जिलिङमा हुने प्रतियोगितामा उनको प्रर्दशन उच्च रहने गर्छ