Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साङरुम्बामा कफी खेती तालिम सुरु

साङरुम्बामा कफी खेती तालिम सुरु

  • धमप्रसाद जवेगु
  • बुधबार, फाल्गुन १२ २०७७


साङरुम्बामा कफी खेती तालिम सुरु

साङरुम्बा । इलाम नगरपालिका–१२ साङरुम्बामा ३ दिने व्यवसायिक कफि खेती सम्बन्धी तालिम सुरु भएको छ । निर्धन उत्थान लद्युवित्त वितिय संस्था लिमिटेड इलामको संयोजनमा निर्धन संस्था नक्साल काठमाण्डौले तालिम आयोजना गरेको हो ।

लघुवित्तको २२ नम्बर केन्द्र प्रमुख कुसमाया राइको अध्यक्षतामा सुरु भएको तालिमको प्रमुख अतिथि वडा सदस्य भानुभक्त घिमिरे र विशेष अतिथि निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिषरत्न कोनाजो रहेका थिए । वडा कार्यालयमा सुरु भएको तालिममा ८ वटा केन्द्र समुहबाट २४ जना महिला र ६ जना पुरुष गरी ३० जनाको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले कफीको विरुवामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । निर्धन उत्थान लघुवित्तका लेखापाल नवराज दाहालले स्वागत गरेको कार्यक्रममा शाखा प्रमुख शिवराज काफ्लेले तालिमको उद्धेश्य, औचित्य तथा संस्थाको अन्य सेवा सुविधाको बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सबैको लघुवित्त संस्थाका इलाम शाखा प्रबन्धक जुद्धबहादुर बुढाथोकी मगर, शान्तिडाँडा शाखा प्रमुख बुद्धमाया राई, महेन्द्र रत्न बहुमुखी क्याम्पसका बालि विज्ञान विशेषज्ञ तथा तालिम प्रशिक्षक अनन्तमणी भट्टराई, लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले साङरुम्बा क्षेत्र कफी खेतीको लागि सम्भावित क्षेत्र भएकाले व्यवसायिक रुपमा लाग्ने किसानहरुको आर्थिक स्तर उकास्नमा सहयोगी हुने धारणा राखे । कार्यक्रम आगामी फागुन १४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार