Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

महमाई गोल्डकपको फाइनल प्रजातन्त्र दिवसको अवसरमा भोली हुँदै

महमाई गोल्डकपको फाइनल प्रजातन्त्र दिवसको अवसरमा भोली हुँदै

  • तेजबहादुर घिमिरे
  • बिहिबार, फाल्गुन ६ २०७७


महमाई गोल्डकपको फाइनल प्रजातन्त्र दिवसको अवसरमा भोली हुँदै

माई । इलामको माई नगरपालिकामा जारी महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकपको उपाधिका लागि भिडने टोलीको टुङ्गो लागेको छ । पुरुष तर्फको उपाधिको लागि आयोजक ए र याक्थुहाङ खुदुनाबारी झापा बिच हुने भएको छ । कपरसुक्का खेलमैदानमा हुने खेलको बिजेता र उपविजेताले क्रमश ३१ हजार र १५ हजार प्राप्त गर्नेछन् ।

सेमीफाइनलको खेलमा आयोजकले सितलीलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । याक्थुहाङले कालीखोलाई ५–० गोल अन्तरले हरायो । महिला तर्फको उपाधिको लागि आयोजक ए ले महमाई ५ को टिमलाई ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यसैगरी जुनताराले चिसापानीलाई २–० ले हरायो ।

महिला गोल्डकपको बिजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैया प्राप्त गर्ने जनाइएको छ । तरुण दल वडा नं ७ को आयोजना र महमाई एकता क्लबको सहआयोजना रहेको प्रतियोगिताको संविधानसभा सदस्य एवम जनजाति महासंघका निवर्तमान अध्यक्ष नगेन्द्रकुमार कुमाल संरक्षक रहेका छन् । प्रतियोगिताको फाइनल प्रजातन्त्र दिवसको अवसरमा राखिएको आयोजक समितिका रमेश गिरीले जानकारी दिए ।

प्रतियोगितालाई सिजी ब्रुअरी प्रालि नेपाल को नेपाल आइस स्ट्रङ्ग र मुस्ताङ प्रीमियम स्ट्रङ्ग बियर मुख्य प्रायोजक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार