Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भूगोलको ‘उडान’ सूर्योदयका पर्यटकीय गन्तब्यमा

भूगोलको ‘उडान’ सूर्योदयका पर्यटकीय गन्तब्यमा

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन ४ २०७७


भूगोलको ‘उडान’ सूर्योदयका पर्यटकीय गन्तब्यमा

फिक्कल । गायक तथा संगीतकार भूगोल दाहालको निर्देशनमा पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका महत्वपूर्ण पर्यटकीय स्थल समेटेर ‘उडान’ बोलको गीतको छायाङकन भएको छ । निमुखा युबराजको शब्द तथा भूगोल दाहालको सङ्गीत र स्वर रहेको प्रेमको उडान बोलको गीतको छायाङकन सूर्योदय नगरपालिकाका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा गरिएको हो ।

गोपाल रसाईली सङ्गीत सम्योजनमा नेप्ट्युन रेकर्डिङ्ग स्टुडियोमा रेर्कड गरिएको गीतको मिक्सिङ्ग र मास्टरिङ्ग महेश्वर मान राजभण्डारीले गरेका छन । गायक दाहालको निर्देशनमा तयार भइरहेको गीतको भिडियोको छायाङकन श्रीअन्तु,कन्याम्,पाथीभरा,तिनतले झर्ना,सुन्दरपानी,स्वामिपार्क ,सिम्पानी,फिक्कल लगायतका स्थानमा गरिएको छ ।

गीतमा पर्यटकीय गन्तब्यहरुमा फरक फरक प्रेम जोडीलाई प्रस्तुत गर्न खोजीएको निर्देशन दाहालले जानकारी दिए । गीतको भिडियोमा रेनिशा सापकोटा र कबिन सापकोटा, युवन्तिका कुलुङ्ग र दिवस गुरुङ्ग, सृजना ढुङ्गाना र गोविन्द कट्टेल, अनिशा तामाङ्ग र जीवन शर्मा, आशा लेप्चा र प्रबिन तुम्रोक, अर्चना पराजुली र सागर ढुङ्गाना लगायतका छुट्टाछुट्टै जोडी देख्न सकिन्छ ।

उक्त गीतको भिडियो निर्माणका लागि रुपेन गुरुङ्ग्,बिकाश प्रधान,प्रज्ज्वल प्रधान्,युवराज प्रधान्,अभिशेक प्रताप पौडेल लगायतका युवा सक्रिय लागि रहेका छन । उक्त गीतको छायाङ्कन र सम्पादनको काम निशान्त रानाले गरिरहेका छन । निर्देशक दाहालले सूर्योदयका पर्यटकीय क्षेत्रको थप प्रचार प्रसार गर्नका लागि फरक पन दिने गीत तयार पारिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार