माई । इलामको माई नगरपालिका–७ मा जारी महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकप अन्र्तगत आयोजक ए र याक्थुहाङ अर्जुनधारा सेमीफाइनल पुगेका छन् । आज भएको पहिलो क्वाटरफाइनल खेलमा पलासे एफसीको चुनौती २–० ले पन्छाउँदै आयोजक सेमीफाइनल प्रवेश गरेको हो ।
त्यसैगरी दोश्रो क्वाटरफाइनलमा आयोजक बी लाई ५–० फराकिलो गोल अन्तरले हराउँदै अर्जुनधाराले सेमीफाइनल पुग्ने दोश्रो टोली बन्यो । प्रतियोगिता अन्र्तगत भोली पहिलो खेलमा लक्ष्मी चोक र कट्टेलटार भिड्ने छन् । दोश्रो खेलमा सितली एफसी र माईकिनार विष्णेटार बिच प्रतिस्पर्धा हुनेछ ।
गत माघ २२ गतेबाट जारी प्रतियोगितामा पुरुष तर्फ इलाम र झापाका ३२ टिमको सहभागिता रहेको थियो । महिला तर्फ १२ टिमको सहभागिता रहेको छ । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते सम्पन्न हुने प्रतियोगिताको पुरुष तर्फको बिजेता र उपविजेताले क्रमश ३१ हजार र १५ हजार प्राप्त गर्नेछन् । महिला गोल्डकपको बिजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैया प्राप्त गर्ने जनाइएको छ ।