Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

निकिताले निर्णायक गोल गरेपछि उपाधि दमकको पोल्टामा

निकिताले निर्णायक गोल गरेपछि उपाधि दमकको पोल्टामा

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन २ २०७७


निकिताले निर्णायक गोल गरेपछि उपाधि दमकको पोल्टामा

इलाम । ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधि रोयल स्र्पोटिङ क्लब दमकले जितेको छ । आज सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएससी माङ्सेबुङमाथी १–० झिनो गोल अन्तरले हराउँदै दमकले उपाधि आफनो पक्षमा पारेको हो । दमकको जीतमा नेपाल यु १६ टोलीकी सदस्य निकिता थोकरले निर्णायक गोल गरिन् ।

बिजेता बनेको दमकले उपाधिसंगै नगद १ लाख १ सय ६५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता माङ्सेबुङले नगद ५० हजार १ सय ६५ रुपैयाँ प्राप्त ग¥यो । किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङ्देनको ६५ औ जन्मजयन्तीको अवसरमा गत माघ २९ गतेबाट माङ्सेबुङ गाउँपालिका–५ मा रहेको आत्मानन्द खेलमैदानमा प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतियोगितमा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र छिमेकी देश भारतको एक टिमको सहभागिता रहेको थियो । पुरस्कार गुरुआमाको जन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । २०६७ सालबाट हरेक बर्ष गुरुआमाको जन्मोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार