फिक्कल । चिया उद्योगीहरुको छाता संगठन सूर्योदय टी प्रोडयुसर्स एसोसिएसनको अध्यक्षमा उत्तम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । हिजो सम्पन्न एसोसिएनको दोश्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षको रुपमा सूर्योदय–९ का श्रेष्ठ अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएका हुन् ।
समितिको प्रथम उपाध्यक्षमा डिल्लीराम श्रेष्ठ निर्वाचित भएका छन् । डिल्लीरामले यसअघि अध्यक्ष पुनम राईले पदबाट राजिनामा दिएपछि कार्यबाहकको रुपमा करिब डेढ बर्ष अध्यक्ष चलाएका थिए । दोश्रो उपाध्यक्ष अविनन्द गिरी, सचिव गोपाल कट्टेल, सहसचिव बुद्ध तामाङ र कोषाध्यक्ष महेशकान्त अर्याल निर्वाचित भएका छन् ।
सदस्यहरुमा टिकाराम अधिकारी, जिवनकुमार नेपाल, मिलन खड्का, ज्ञानी लिम्बु, सुजन ढुङ्गेल, दिनेश अग्रवाल र रविन राई निर्वाचित भएको सहसचिव बुद्ध तामाङले जानकारी दिए ।