Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

महमाई गोल्डकप : आयोजक बी र सितली अन्तिम ८ मा प्रवेश

महमाई गोल्डकप : आयोजक बी र सितली अन्तिम ८ मा प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १ २०७७


महमाई गोल्डकप : आयोजक बी र सितली अन्तिम ८ मा प्रवेश

माई । इलामको माई नगरपालिका–७ कप्परसुकामा जारी महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकप अन्र्तगत आजको खेलमा बिजयी बन्दै आयोजक बी र सितली क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत आज भएको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आयोजकले नमुना युवा समुह शुक्रबारेको चुनौती सडनडेथबाट पार लगाउँदै अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । निर्णयको लागि टाइब्रकेर रोजिएपनि बिजेता छिनोफानो नभएपछि सडनडेथमा ६–५ ले जित्दै आयोजक बी बिजय भएको थियो । त्यसै गरी अर्को खेलमा शिवसताक्षी झापालाई १–० ले हराउँदै सितलीले समेत अन्तिम ८ मा स्थान बनायो ।

तरुण दल वडा नं ७ को आयोजना र महमाई एकता क्लबको सहआयोजना रहेको प्रतियोगिताको संविधानसभा सदस्य एवम जनजाति महासंघका निवर्तमान अध्यक्ष नगेन्द्रकुमार कुमाल संरक्षक रहेका छन् । प्रतियोगितालाई सिजी ब्रुअरी प्रालि नेपाल को नेपाल आइस स्ट्रङ्ग र मुस्ताङ प्रीमियम स्ट्रङ्ग बियर मुख्य प्रायोजक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार