Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलाममा छायांकन गरिएको ‘कृष्ण लीला’ को शीर्ष गीत सार्वजनिक

इलाममा छायांकन गरिएको ‘कृष्ण लीला’ को शीर्ष गीत सार्वजनिक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ३० २०७७


इलाममा छायांकन गरिएको ‘कृष्ण लीला’ को शीर्ष गीत सार्वजनिक

इलाम : इलाममा सम‍ेत‍ छायांकन गरिएको ‘कृष्ण लीला’ चलचित्रको शीर्ष गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा छेत्री फिचर्ड गीतमा अर्जुन पोखरेलको सङ्गीत छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने पुरुषोत्तम ढुङ्गेल र नारायण सापकोटाको शब्द रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा माया प्रेमको कुरा गरिएको छ । चैत २७बाट प्रदर्शनमा आउने चलचित्रको प्रस्तुत कर्ता रोहित कट्टेल रहेका छन् । दीपक ओलीले निर्देशन गरेको चलचित्र प्रकाश राज कार्की र केवल तामाङ मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा पुष्प र श्रद्धा सँगै बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्र शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् ।

https://youtu.be/0b5O2RtfXik

प्रतिक्रिया
सम्बन्धित समाचार