Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङ्मा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

पवित्रहाङ्मा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २९ २०७७


पवित्रहाङ्मा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

इलाम । ११ औ संस्करणको पवित्रहाङ्मा कप अन्र्तगत महिला फुटबलमा रोयल स्र्पोटिङ क्लब दमक र एपिएससी माङ्सेबुङले बिजयी सुरुवात गरेका छन् । किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा दमकले चुलाचुली गाउँपालिका खेलकुद विकास समितिको चुनौती ३–१ ले पन्छायो ।

दमकको जीतमा दिया शाहीले २ र दिव्या मगरले १ गोलको योगदान दिइन् । खेलको २१ औ मिनेटमा दियाले दमकलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १ गोलको अग्रता बनाएको दमकले दोश्रो हाफमा थप २ गोल ग¥यो । ३८ औ मिनेटमा दिव्याले अग्रता दोब्बर बनाइन् ।

खेलको ५१ औ मिनेटमा चुलाचुलीकी एलिना मगरले अग्रता कम गरिन् । पुनः दियाले ५६ औ मिनेटमा गोल गरेपछि दमक ३–१ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनल पुग्न सफल रहयो । खेलको प्लेयर अफ दि म्याच दिया घोषित भइन् । आजै भएको अर्को खेलमा माङसेबुङले पञ्चकन्या एफ सी उदयपुरलाई ४–० गोल अन्तरले हरायो ।

माङ्सेबुङको जीतमा लक्ष्मी ठटालले चार वटै गोल गरिन् । उनले खेलको ६, ११,२७ र ४३ औ मिनेटमा गोल गरेकी थिइन् । गोलकर्ता लक्ष्मी प्लेयर अफ दि म्याच घोषित भइन् । प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र खदम स्र्पोटिङ क्लब मोरङबीच प्रतिष्पर्धा हुनेछ । दोश्रो खेल सातिसाले एफ सी मोरङ र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीबीच हुने तय भएको छ ।

महिला विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगिताको फाइनल आगामी फागुन २ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार