Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

जनता सेभेन फिक्कल फाइनल प्रवेश

जनता सेभेन फिक्कल फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २९ २०७७


जनता सेभेन फिक्कल फाइनल प्रवेश

फिक्कल । जनता सेभेन फिक्कल झापाको अर्जुनधारामा जारी शहिद स्मृति महिला तथा पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । महिला फुटबल अन्र्तगत जनता सेभेनले बुधबार पहिलो सेमीफाइनलमा खुदुनाबारी झापालाई ३–० ले पराजित ग¥यो । जनता सेभेनको जीतमा पुर्व राष्ट्रिय खेलाडी संरचना प्रधान, जेनिफर राना मगर र अनिता राईले समान १/१ गोल गरे ।

उत्कृष्ट खेल देखाएकी जनता सेभेनकी जेनिफरलाई प्लेयर अफ दि म्याच बन्दै नगद १ हजार प्राप्त गरिन् । क्वाटरफाइनलमा जनता सेभेनले बर्नेलाई ४–१ गोल अन्तरले हराएको थियो । शनिबार हुने फाइनल खेलमा आयोजक शहिद स्मृति युवा क्लब र बुद्धशान्ति बिचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको बिजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार