माई । इलामको माई नगरपालिका ७ स्थित कपरसुक्का खेलमैदानमा जारी महमाई गोल्डकपमा बुधबारको खेलमा माईकिनार, कट्टेलटार र आयोजक बिजयी भएका छन् । आज भएको पुरुष तर्फको पहिलो खेलमा माईकिनार बिष्णेटारले दहिझोडा झापाालाई ३–० ले पराजित ग¥यो ।
त्यसैगरी पुरुष तर्फको दोश्रो खेलमा कट्टेलटारले चियाबारी टिमलाई टाइब्रकेरमा ५–४ ले पराजित ग¥यो । निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल भएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । बिजयी दुवै टिम अन्तिम १६ मा प्रवेश गरे । क्वाटरफाइनल प्रवेशका लागि माई किनारले खुदुनाबारी र जोरखोलाबिचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
कट्टेलटारले शिवपोखरी र कन्काईबिचको बिजेतालाई प्रतिद्धन्द्धीको रुपमा पाउनेछ । महिला तर्फको खेलमा आयोजक ए ले सन्दुवालाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमीफाइनलको यात्रा तय गर्न सफल भयो । निर्धारित समयमा गोल नभएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । फागुन ५ गते हुने सेमीफाइनल खेलमा आयोजकले पाडव पखेरेलाई प्रतिद्धन्द्धीको रुपमा पाएको छ । प्रतियोगितामा पुरुष तर्फ ३२ र महिला तर्फ १२ टिमको सहभागिता रहेको थियो ।