Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा नमुना कार्यक्रमका रुपमा पिएनसी सञ्चालन गरिने

इलाममा नमुना कार्यक्रमका रुपमा पिएनसी सञ्चालन गरिने

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २४ २०७७


इलाममा नमुना कार्यक्रमका रुपमा पिएनसी सञ्चालन गरिने

माई : गर्भवती महिलालाई बथिङ्ग सेन्टरमा बथिङ्ग गराए पछी आमा र बच्चाको सुरक्षित राख्न गरिने सुत्केरी सेवा (पिएनसी) परिक्षणलाई इलाममा नमुना कार्यक्रमका रुपमा सञ्चालन गरिने भएको छ । इलाम जिल्लाको दानाबारी स्वास्थ्य चौकी, फाकफोकथुम स्वास्थ्य चौकी र लारुम्वा स्वास्थ्य इकाईमा सुत्केरी सेवा (पिएनसी) परिक्षणलाई नमुनाका रुपमा सञ्चालन गर्न लागिएको बताईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय इलामको आयोजनामा शुक्रबार दानाबारीमा सम्पन्न पिएनसी कार्यक्रम विस्तार गर्न स्थानीय तहको क्षमता अभिबृद्धि अभिमुखिकरण तालिममा सुत्केरी आमाहरुको स्वास्थ्य परिक्षणलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्न लागिएको बताईएको थियो । सुत्केरी भएको २४ घण्टा, ३ दिन र ७ दिन सम्मको परिक्षणलाई पिएनसी परिक्षण भनिन्छ । सो अबधीमा स्वास्थ्यकर्मीले सुत्केरी महिलाकै घरमा गई आमा र बच्चाको स्वास्थ्य परिक्षण गर्ने छन ।

विकलाङ्गक तथा आमा र बच्चाको जोखिम न्युनीकरण गर्ने यस्तो कार्यक्रम ल्याईएको स्वास्थ्य निरिक्षक पुष्कर कट्टेलले बताए। अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि रहेका माई नगरपालिकाका प्रमुख दिपक कुमार थेबेले सुत्केरी भएको ४२ दिन सम्मलाई सुत्केरी भनिने भएकाले सो समयमा आमालाई आराम र पोषणको आबश्यक्ता रहने बताए।

माई नगरले बथिङ्ग सेन्टरमा बच्चा जन्माउदा ७ हजार ८ सय नगद र उपप्रमुख सुत्केरी पोषण कार्यक्रम मार्फत पोषिलो खाने कुरा प्रदान गर्ने बताउँदै सुनौलो हजार दिनका बालबालिकाको विकासका लागि परिबारको संगै जनस्वास्थ्यका स्वास्थ्यकर्मीको समेत महत्वपुर्ण भुमिका रहने धारणा राखे । उनले बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुत्केरी सेवा कार्यक्रम प्रभावकारी हुनेमा बिश्वस्त रहेको बताए।

बिशेष अतिथी रहेकी उपप्रमुख बिष्णुमाया आचार्यले माई नगरमा दानाबारी, महमाई र चिसापानी स्वास्थ्य चोकीबाट ब्यवस्थित बथिङ्ग गराईदै रहेकाले पिएनसी परिक्षणले बच्चा र आमाको स्वास्थ्यमा आउने जोखिम अन्त्य हुने बताइन् । उनले सुत्केरी आमाको स्यहारमा नगरले सबै प्रकारको सहयोग गर्न तयार रहेको धारणा राखिन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सामुदायिक स्वास्थ्य नर्स सरिता सुब्बा, स्वास्थ्य निरिक्षक पुष्कर कट्टेल र दानाबारी अस्पतालका डा रामकृष्ण आचार्यको सहजीकरणमा २ दिन सम्म तालिम सञ्चालन गरिने बताईएको छ । स्वास्थ्य ब्यबस्थापन समिति दानाबारीका सदस्य ज्ञान बहादुर कटुवालको अध्यक्षतामा शुरु भएको तालिमा माई नगर भित्रका ११ जना अनमीहरुको सहभागिता रहेको प्रशासकिय अधिकृत नविन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार