Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा १३ हजार जनाले कोभिड भ्याक्सिन लगाए

प्रदेश १ मा १३ हजार जनाले कोभिड भ्याक्सिन लगाए

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ १९ २०७७


प्रदेश १ मा १३ हजार जनाले कोभिड भ्याक्सिन लगाए

इलाम । प्रदेश १ मा १३ हजार बढीले कोभिड-१९ (कोरोना) विरुद्धको खोप लगाएका छन्। खोप लगाउन शुरू गरिएको ५ दिन अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकुटामा ५३९, पाँचथरमा ४८९, तेह्रथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३३४, सोलुखुम्बुमा २२६, संखुवासभामा २८१ र ताप्लेजुङमा २१८ जनाले खोप लगाएका छन्।

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरू गरिएको थियो। प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्रमार्फत खोप लगाइएको बताए।प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाइने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित समाचार