Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

म्यानमारमा सेनाद्वारा सु ची गिरफ्तार, सैनिक कु को आशंका

म्यानमारमा सेनाद्वारा सु ची गिरफ्तार, सैनिक कु को आशंका

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ १९ २०७७


म्यानमारमा सेनाद्वारा सु ची गिरफ्तार, सैनिक कु को आशंका

म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको छ। सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ। पार्टी प्रवक्ता म्यो न्यूनले सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको बताएका छन्। राजधानी बर्मामा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार