रोङ : रोङ गाउँपालिकाले न्युन बेतनमा काम गरिरहेका बिद्यालय कर्मचारी र बाल शिक्षकको तलव आगामी बर्ष बढाउने भएको छ । संघीय सरकारको न्युनतम बेतन मापदण्ड भन्दापनि कम न्याला दिएर का लगाए वाल शिक्षक र बिद्यालय कर्मचारीहरुको गाउँपालिकाले तलब बढाउने अध्यक्ष शम्सेर राईले बताए । गाउँपालिकाले कानुनी अड्चनमा हटाएर भएपनि तलब बढाइदिने राईले बताए नेपाल शिक्षक संघ रोङ गाउँपालिकाको तेश्रो प्रतिनिधि सभालाई सम्बोधन गर्दै रोङ गाउपालिकाको अध्यक्ष समसेर राईले सो कुरा बताएका हुन् ।
नेपाल शिक्षक संघ रोङको प्रस्ताव अनुसार शिक्षक सेवा आयोगले आगामी दिनमा स्थायी शिक्षकको लागि बिज्ञापन गर्ने भएकोले कार्यरत शिक्षकहरुको लागि रोङ गाउपालिकाले अनलाइन क्लास संचालन गर्ने भएको छ । बिद्यालयको बेरुजु शुन्य बनाउनको लागि सबै बिद्यालयलाइ निर्देशन समेत गरिसकिएको बताउदै बिद्यालयहरुले अधिकतम सिकाइ उपलब्धी हासिल गराउने पक्षमा लाग्न समेत राईले आग्रह गरे ।
शिक्षा क्षेत्रमा रहेको बिबिध समस्याहरुको हल गर्न नेपाल शिक्षक संघ निरन्तर लागि परेकोले बालबालिकाको भबिश्यलाइ हेरेर शिक्षण सिकाइमा निरन्तर लाग्न आग्रह गदै आवश्यक परेमा आन्दोलनको लागि समेत शिक्षकहरु तयार रहनुपर्ने नेपाल शिक्षक संघ इलामका पुर्व अध्यक्ष हरिप्रसाद लुइटेलले बताए ।
नेपाल शिक्षक संघ रोङ गाउसमितिको आयोजनामा भएको तेश्रो प्रतिनिधि सभामा यसै बर्ष सेवा निबृत्त तीन जना शिक्षहरु डुकराज पौडेल ,जीवनाथ अधिकारी र गंगाप्रसाद धिमाललाई प्रसंसा पत्र र दोसल्ला ओढाएर सम्मान बिदाइ गरिएको थियो । नवप्रबेशी शिक्षकहरु देबीलाल राई ,बिश्वनाथ भट्टराई , सुवराज राई,रेजिना भट्टराई,दिपेन्द्र कुसबाह बिमद सुबेदी र झल कुमार लकान्द्रीलाइ टीका र मालाले स्वागत गरिएको थियो ।
सभामा नेपाल शिक्षक संघ रोङ का बिलेती गोइले तयार पारेको आर्थिक प्रतिबेदन, डोर कुमार ढकालले तयार पारेको सांगठनिक र लुना पौडेलले तयार पारेको महिला प्रतिबेदन पनि सर्वसम्मत रुपमा पारित भएको थियो । नेपाल शिक्षक संघ रोङका अध्यक्ष लाख बहादुर सावाको अध्यक्षता , नेशि संघ इलामको पूर्व अध्यक्ष हरि प्रसाद लुइटेलको प्रमुख आतिथ्यता , रोङ गाउँपालिकाको अध्यक्ष समसेर राईको बिशेष आतिथ्यता भएको सो सभामा नेपाली कांग्रेस रोङका सभापति देबी प्रसाद अर्याल , नेशि संघका ढाकानाथ न्यौपाने,पुष्प काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।