Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन निर्माण शुरु

इलाममा बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन निर्माण शुरु

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ १८ २०७७


इलाममा बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन निर्माण शुरु

इलाम । इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास गरिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकारले निर्माण गर्न लागेको बताए ।

भूमिगत एक तला र भुईं तलमा मोटर पार्किङ्ग, सिनेमा हल र सञ्चार केन्द्रसमेत रहने गरी निर्माण गर्न लागिएको भवन मुलुककै नमूना भवन बन्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । प्रदेश नम्बर १ सरकारको लगानीमा इलाम नगरपालिकाको समेत सहभागितामा निर्माण हुन लागेको भवनको कूल लागत २१ करोड ५९ लाख ७२ हजार ७०१ रुपैयाँको लागत स्टमेट रहेको छ ।

ठेकेदारले भने १२ करोड ७२ लाख ३१ हजार ३३५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरेर संझौता गरेको छ । भवनको ठेक्का भने कविन्द्र÷नवसिर्जनशील सिनामंगल काठमाण्डौंले ठेक्का पारेको छ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा भने प्रदेश सरकारले एक करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भवन निर्माणका लागि २०७७ असार ३१ गते संझौता गरिएको छ भने २०७९ पुस ३० गते सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रले बताए । ४६ वटा मोटर पार्किङ्ग गर्ने क्षमता भवनमा रहने छ । दोस्रो र तेस्रो तलामा भने सिनेमा हल दई वटा बन्ने छन् । दुई सय ५० जनाको दरले अटाउन सक्ने क्षमताका सिनेमा हल बन्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार