इलाम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) इलाम मावि प्रारम्भिक कमिटीले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी बिबिएस र व्यवस्थापन कक्षा १२ ले जितेका छन् । राष्ट्रिय सहिद दिवस २०७७ को अवसर पारेर माघ १५ र १६ गते प्रधानमन्त्री केपी शर्मा ओली निकटको अनेरास्ववियूले आयोजना गरेको अन्तर संकाय भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधी बिबिएस र महिला तर्फको उपाधी व्यवस्थापन संकाय कक्षा १२ ले जितेको हो ।
पुरुष तर्फको फाइनल खेलमा पहिलो सेट गुमाएको बिबिएसले व्यवस्थापन कक्षा १२ लाई प्रतिस्पर्धात्मक खेलमा २(१ को सेटमा पराजित गरेको थियो । यसैगरी महिला तर्फको फाइनल खेल व्यवस्थापन कक्षा १२ ले सोही संकायको कक्षा ११ लाई हराउँदै जित हासिल गरेको थियो ।

अनेरास्ववियू इलाम माध्यमिक विद्यालय प्रारम्भिक कमिटीका अध्यक्ष रोशन दियालीको अध्यक्षता र नेकपा इलामका जिल्ला कार्यालय सचिव एवम् विद्यार्थी इन्चार्ज नवराज शंकरको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन समारोहको अवसरमा प्रमुख अतिथि शंकर र मोर्डन क्याम्पस प्रमुख एवं इलाम मा।वि। का प्रधानाध्यापक माधव सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताको समापन समारोहका अवसरमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्यहरु रबिन्द्र सुवेदी र इश्वरी तामाङ्ग, नेकपा जिल्ला सचिवालय सदस्य एवं इलाम नगर कमिटी अध्यक्ष नरेन्द्र खड्का अनेरास्ववियू केन्द्रीय सदस्य एवं जिल्ला संयोजक मिलन खत्री, केन्द्रीय सदस्य प्रवेश पराजुली, पि घिमिरे, खेमसागर खनाल, जिल्ला कमिटीको कार्यालय सदस्य एवं इलाम नगर इन्चार्ज सचिन रायमाझी, मरब क्याम्पस कमिटीका अध्यक्ष विशाल कार्की, नगर अध्यक्ष प्रतिमा रिजालसहित मोर्डज क्याम्पस तथा इलाम माविका प्राध्यापक, शिक्षक, कर्मचारीहरु समेतको विशेष उपस्थिति रहेको थियो ।

प्रतियोगिता समापन समारोहकोको स्वागत मन्तव्य प्रज्वला शाही र सञ्चालन प्रारम्भिक कमिटी सचिव मेरिना राई गरेकी थिइन् । यसैगरी अन्तर संकाय भलिबल प्रतियोगितामा मुख्य निर्णायकको भूमिका इलाम जिल्लाका स्थापित भलिबल खेलाडी माधव सुवेदीले निर्वाह गरेका थिए ।