नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न ३ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत धमाधम विकासका कामहरु अघि बढेका छन् । चालु आवमा वडा न ३ को हिराङ्ग डाडाबाट मानचोक पिपल डाडा जोड्ने बाटो ३ मिटर चौडाईमा प्राविधिक स्टामेट अनुसार संचालन भइरहेको हो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत माईजोगमाई-३ मा मात्र २० लाख ६२ हजार रकम बिनियोजन भएको थियो । उक्त रकमबाट बेरोजगार नामावलीमा सुचिकृत १८ बर्ष देखि ५० बर्षसम्मका महिला पुरुषहरुले मोटरेवल बाटोको काम गरिरहेका छन । २०७७÷०७८ का लागी माईजोगमाई गाउँपालिका ३ न वडामा मात्र बेरोजगारको लागि जम्मा ५४३ ले आवेदन फर्म भरेका थिए ।
आबेदन दिएका मध्ये दैनिक १५० देखि १९० जनाले काम गरिरहेको समितिका सचिव रमेश कुमार आचार्यले जानकारी दिए । ठाउँ अफ्ठेराे सबै नया कटिङ्ग गरेर लानु पर्ने भएकाले काम गर्न अलिक कठिनाई भएपनी समितिले सोचेभन्दा बढि मानिसहरुको उत्साहजनक उपस्थितिमा काम भइरहेको सचिव आचार्यले बताए।
यता अनुगमन समिती संयोजक तथा ३ न वडाकी सदस्य सकुन्तला पौडेलले आफुले सोचे भन्दा राम्रो र प्राबिधिक स्टामेटमा काम भइरहेको बताइन् । महिला पुरुष बराबरी जस्तै भएर ग्रुप बनाएर काम गरिरहेको उनको भनाई छ । कोरोना महामारीका बिच पनि सरकारबाट बिनियोजित रकमलाई सहि तरिकाले आफनी ठाउमा सदुपयोग गर्न पाउँदा सबै खुसी भएर काम गरिरहेको अनुगमन समिती संयोजक पौडेलले जानकारी दिईन ।
आधाभन्दा धेरै भएको काम अबको केही दिनमा सकिने र उक्त बाटोबाट ६० भन्दा बढि घरधुरी लाभान्वित हुनेछन । काम गरे बापतको रकम प्रत्येक व्यक्तिलाई सिभिल बैंकमा खाता खोलेर रकम जम्मा गरिने भएको छ ।