Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरू

प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरू

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १४ २०७७


प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरू

इलाम : प्रदेश १ मा कोभिड-१९ विरुद्धको खोप लगाउन शुरू गरिएको छ। कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। चुमनलाल दास र वरिष्ठ फिजिसियन डा। दीपक सिग्देललाई खोप लगाएर प्रदेश १ मा कार्यक्रमको शुरुवात गरिएको हो।

अभियान शुरू गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजय प्राप्त गर्ने काम शुरू भएको बताए। उनले लक्षित वर्गलाई लगाइएपछि अन्य व्यक्तिहरूलाई पनि खोप लगाउन शुरू गरिने बताए। जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको बताउँदै सबै व्यक्तिलाई कोभिड १९ विरुद्धको खोप लगाउने मन्त्री कार्कीले बताए।

आज ८ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।

निर्देशक बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३/३ र अन्य जिल्लामा १(१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिए। खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिई सकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमा आज कार्यक्रम शुरू भएका उनले बताए। बिहीबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम शुरू हुने बस्नेतले बताए ।

कोभिड विरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले भ्याक्सिन सुरक्षित रहेकाले डराउनुनपर्ने बताए। उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको पनि जानकारी दिए। पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहनसकिने उनले बताए। प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी सहित ३५ हजार ५७६ जनालाई खोप लगाइँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार