माई । इलामको माई नगरपालिकामा प्रथम महमाई नकआउट पुरुष तथा महिला गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । तरुण दल वडा नं ७ को आयोजना र महमाई एकता क्लबको सहआयोजनामा आगामी माघ २२ गतेबाट कपरसुका खेलमैदानमा प्रतियोगिता आयोजना हुने भएको हो ।
प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते सम्पन्न हुने प्रतियोगिताको पुरुष तर्फको बिजेता र उपविजेताले क्रमश ३१ हजार र १५ हजार प्राप्त गर्नेछन् । महिला गोल्डकपको बिजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैया प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता नाइन साइडको हुनेछ । फाइनलको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथै विभिन्न जातजातीहरुको सांस्कृतिक झाँकी समेत प्रस्तुती रहने छ ।