Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकाको आठौ नगरसभाबाट नीति तथा कार्यक्रम पारित

माई नगरपालिकाको आठौ नगरसभाबाट नीति तथा कार्यक्रम पारित

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ १० २०७७


माई नगरपालिकाको आठौ नगरसभाबाट नीति तथा कार्यक्रम पारित

माई । इलामको माई नगरपालिकाको आठौै नगर सभा शुक्रबार सम्पन्न भएको छ । माई नगरपालिका वडा नम्बर २ स्थित रेडक्रस भवनमा नगरसभा सम्पन्न भएको हो । नगरसभामा संंशोधित नीति तथा कार्यक्रम सहित पारित गरिएको छ । नगर प्रमुख दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा उप प्रमुख बिष्णुमाया रिमालले आर्थिक बर्ष ०७७/०७८ का लागि संसोधित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार थेगुवाले संचालन गरेको सभामा सातौै नगरसभाबाट पारित योजना तथा कार्यक्रमलाई संसोधित कार्यक्रम सहित पारित गरिएको जनाईएको छ । वडा नम्बर १ देखि वडा नम्बर १० सम्मको सातौ नगर सभाबाट बिनियोजित रकम थपघट गर्न,संसोधन गर्न, नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्न, केही रकम झिक्न र प्रदेश तथा संंघिय सरकार समक्ष योजना संचालनको लागि योजना तथा कार्यक्रमका सुची समेत तयार गरेको छ ।

नगरसभा संचालन कार्यबिधि २०७४ को दफा २७ बमोजिम स्थानीय विकास घुम्ति कोषमा बिनियोजित भएको रकम मध्ये ७० लाख रकमलाई रकमान्तर गरी कन्काई माबिको बहुतले भवन निर्माण योजनामा बिनियोजन गरिएको छ ।
त्यस्तै ३० लाख शित भण्डार भवन निर्माण, ८० लाख प्रशासकिय भवन (सेमीनार भवन) निर्माण, १० लाख शितली सार्बजनिक शौचालय निर्माण, ५ लाख नगरपालिका कम्पाउण्ड निर्माण, ३० लाख भुमी ब्यबस्थापन शिर्षकमा, ३० लाख प्रकोप ब्यवस्थापन कोषमा, २० लाख मर्मत संहार कोेषमा र १० लाख रकम नगर अस्पताल व्यवस्थापन कोषमा बिनियोजन गरिएको छ ।

सातौै नगरसभा देखि आठौ नगरसभा सम्मका कार्यपालिकाले गरेका सबै निर्णयहरु अनुमोदन समेत गरेको थियो । सभामा नगर सदस्यहरु केशब राई, बिर्ख राई, भुपेन्द्र पुर्बछाने, सुर्य प्रसाद दुलाल, अर्जुन अधिकारी लगायतले कार्यक्रम संसोधन प्रस्ताब पेश गरेका थिए । सभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येयक २०७७ र नबिकरणिय उर्जा नीति २०७७ समेत पारित भएको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार