Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सिद्धपोखरी सहकारीको आठौ बार्षिक साधारणसभा सम्पन्न

सिद्धपोखरी सहकारीको आठौ बार्षिक साधारणसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २८ २०७७


सिद्धपोखरी सहकारीको आठौ बार्षिक साधारणसभा सम्पन्न

नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न १ मा रहेको सिद्धपोखरी चिया उत्पादक सहकारी संस्था लिमिटेडको आज आठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष छिरिङ्ग मोक्तानको अध्यक्षता गाउँपालिका अध्यक्ष जित बहादुर राईको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक साबित्रा देबि भट्टराईको विशेष आतिथ्यता रहेकाे थियाे
कार्यक्रममा केन्द्रिय सहकारी संघ कि सदस्य सीता कुमारी बराल, इलाका प्रहरी चौकि माईजोगमाईका इन्चार्ज वडाका जनप्रतिनिधिहरु सेयर सदस्यहरु पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य सहकारी सस्थाका सचीव गोबिन्द घिमिरेले गरेका थिए ।
कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष राईले सहकारीले जनता तथा सेयर सदस्यको हितमा काम गर्नु पर्ने बताए । उनले विगतका दिनमा हुँदै अाएकाे सहयाेगलाई निरन्तरता दिने बताए
उपाध्यक्ष भट्टराईले जुनै संस्थाले पनि हिसाब किताब चुस्त दुरुस्त पार्नु पर्ने बताइन् । कार्यक्रमका अध्यक्ष मोक्तानले पुरानो संचालक समिती विघटन गरेको साथै प्रगती बिवरण प्रस्तुत गर्दै औपचारिक कार्यक्रमको समाप्त भएको घोषणा गरे ।
त्यस्तै साधारण सभाको दोस्रो सत्रमा पुरानो बार्षिक आय ब्यय प्रतिबेदन सस्थाका सचिव गोबिन्द घिमिरेले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सस्थाका लेखा समिती सदस्य देबि सुबेदीले गरेका थिए । साधारणसभामा सेयर सदस्यहरुले आफ्ना तर्क जिज्ञासा राखेका छन। धेरै सदस्यहरुले संस्थाको व्यवस्थापन पक्ष फितलो भएको निष्कर्ष निकाले l पुरानो संचालक समिती विघटन भए पनि आज नया समिती बनाउन सकेन। कोरम नपुगेपछी पुन संस्थाको सम्पुर्ण हर हिसाब अडिट गरेर पुनः अर्को साधारणसभा बसेर दोस्रो सत्रबाट कार्यक्रम सुरु गरि समिती गठन हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार