Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजाेगमाईमा ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

माईजाेगमाईमा ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

  • राेशन काफ्ले
  • मंगलबार, पौस २८ २०७७


माईजाेगमाईमा ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण
  1. नयाँबजार ।माईजोगमाई गाउँपालिकाले कृषक एवम सहकारीलाई अनुदानमा कृषि सामाग्री वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषक एवम सहकारीलाई सामाग्री प्रदान गरेको छ ।
    गाउँपालिकाले ६ वटै वडाका एक÷एक सहकारीलाई पावर टिलर (हाते ट्रयाक्टर), ७२ थान इलेक्ट्रिक विषादी छिट्ने स्प्रे, १८० थान नर्मल स्प्रे, ३ सय थान काटा र कोदालो र ६ थान मकै छोडाउने मेसिन प्रदान गरिने भएको छ ।
    गाउँपालिका अध्यक्ष जीतबहादुर राईले कृषि शाखा कार्यालयमा कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्तरण गरेका थिए । कृषि सामाग्रीहरु सबै आजै वितरण नगरिएको कृषि शाखा प्रमुख अनिशा राईले बताइन् ।
    वितरण गर्न बाँकी रहेको सामाग्री केही दिनमा सम्बन्धीत वडामा लगेर नै हस्तान्तरण गरिने उनले बताइन् ।
    कृषि सामाग्री प्राप्त गर्ने किसान र सहकारीले २५ प्रतिशत बराबरको रकम मात्र बुझाएका थिए ।
    सबै वडाका किसानहरुलाई समान रुपमा सामाग्रीहरु वितरण गरिएको अध्यक्ष राईले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष राईले गाउँपालिकाले प्रदान गरेको सामाग्रीहरुको अधिकतम उपयोग गर्दै आधुनिक कृषि गर्न सकिने बताए

प्रतिक्रिया
सम्बन्धित समाचार