Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

संसद बिघटनकाे बिराेधमा माईजाेगमाईमा कांग्रेसकाे प्रदर्शन

संसद बिघटनकाे बिराेधमा माईजाेगमाईमा कांग्रेसकाे प्रदर्शन

  • रोशन काफ्ले
  • शनिबार, पौस २५ २०७७


संसद बिघटनकाे बिराेधमा माईजाेगमाईमा कांग्रेसकाे प्रदर्शन

नयाँबजार । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले माईजाेगमाईमा प्रदर्शन गरेकाे छ। संसद विघटनलाई असंवैधानिक भन्दै दाेस्राे चरणमा देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा आयाेजना गर्ने कार्यक्रम अनुसार विरोध कार्यक्रम अनुसार वडा न ३ को शुक्रबारे बजारमा गरिएकाे हाे

प्रदेशसभा ईलाम निर्वाचन क्षेत्र नम्बर १ काे विराेधको कार्यक्रम नामसालिङ माविको प्राङ्गणमा गरिएकाे थियाे । विराेध सभामा नेपाली कांग्रेस जिन्दावाद ,संसद विघटन असंवैधानिक कदम मुर्दावाद, संघीय लाेकतान्त्रिक गणतन्त्र जिन्दावाद ,जनताले चिन्याे ओली सरकार चारै तिर भष्टचार, केपी ओली कुरि कुरि धेरै भयाे चुरि फुरि, केपी तिम्रो पाराले दुख पाए साराले भन्ने नारा लागाएका थिए । आमसभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र लोकतन्त्र मास्ने नियत राखेको आरोप लगाएका छन् ।

नागरिकले वर्षाैं लामो त्याग र बलिदान दिएर बनाएको संविधान मिचेर प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश तानाशाह बनाएको नेताहरुको आरोप छ ।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

कुनैपनी हालतमा संसद बिघटन नहुने र ओलि सरकारको कु प्रवृती जनताले अब न सुइकार्ने नेताहरुले बताए। बिराेध कार्यक्रम काे अध्यक्षता नेपाली कांग्रेस प्रदेश सभा संयोजक हरिकला गाैतम श्रेष्ठले गरेकी थिइन । त्यस्तै कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य तथा संबिधानसभा सदस्य टीका राम सुब्बा लेप्चा र विशेष अतिथी नेपाली काङ्ग्रेस पुर्व पार्टी सचिव तथा महासमिती सदस्य केदार थापा रहेका थिए ।

बिरोध सभा कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय काेषाध्यक्ष निर्मल घिमिरेले स्वागत मन्तव्य राखेका थिए । नेपाली काङ्ग्रेसकि अाजिवन जिल्ला सदस्य प्रभा पाैडेल महासमिति सदस्य दीपक अधिकारी लगायतले कार्यक्रममा शुभकामना राखेका थिए । बिरोध कार्यक्रमको सञ्चालन देवेन्द्र सुवेदीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार