Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको कदमको प्रजिअ मार्फत नेकपा इलामले बुझायो विरोधपत्र

प्रधानमन्त्रीको कदमको प्रजिअ मार्फत नेकपा इलामले बुझायो विरोधपत्र

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस २४ २०७७


प्रधानमन्त्रीको कदमको प्रजिअ मार्फत नेकपा इलामले बुझायो विरोधपत्र

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा प्रचण्ड–माधव समुहको नेकपा इलामले प्रमुख जिल्ला अधिकारी मार्फत बिरोधपत्र बुझाएको छ ।
नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई मार्फत बिरोधपत्र बुझाउँदै संविधान पढ्न अनुरोध गरेको छ ।
बिरोधपत्रमा भनिएको छ ‘नेकपाले ठुलो बलिदानीपुर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिर्वतन संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारका प्रतिगामी षडयन्त्रलाई असफल पार्न र त्यसका लागि जस्तो सुकै संर्घष गर्न नेपाली जनता सक्षम छौ भन्ने चेतावनी दिन चाहन्छौ ।’
जिल्ला सचिव सोममाया राई र जिल्ला अध्यक्ष भक्त केसीले हस्ताक्षर गरेको विरोधपत्रमा प्रतिनिधीसभा सुचारु गरी संविधानलाई क्रियाशिल बनाउने पक्षमा आउन अनुरोध गर्दै सच्चिने अवसर प्रदान गरिएको जनाइएको छ ।
विरोध पत्र हस्तान्तरणका लागि केन्द्रिय सदस्य शर्मा, जिल्ला अध्यक्ष केसी, सचिव राई, कार्यालय सदस्य बिजय खम्बु, नगर इन्र्चाज प्रवाश शर्मा, कार्यालय सचिव प्रकाश परियार सहित जिल्ला तहका नेता र अन्य भातृ संगठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
प्रधानमन्त्री ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले आन्दोलनका लागि चरणबद्ध कार्यक्रमहरु अघि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार