Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भुक्तानी नहुँदा इलामका निर्माणाधीन सडक प्रभावित

भुक्तानी नहुँदा इलामका निर्माणाधीन सडक प्रभावित

  • प्रकाश नेपाल,
  • मंगलबार, पौस २१ २०७७


भुक्तानी नहुँदा इलामका निर्माणाधीन सडक प्रभावित

इलाम । प्रदेश सरकारअन्तर्गत इलाम जिल्लाका निर्माणाधीन आधा दर्जन सडक निर्माण तथा स्तरोन्नतीका कार्य समयमा भुक्तानी नहुँदा प्रभावित भएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि नियमित बजेट नआएका कारण काम गर्न कठिनाइ भएको हाे ।

 प्रदेश सरकार अन्तर्गत इलाम जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि समयमा भुक्तानी नआएको भन्दै निर्माण व्यवसायीले कामको गति सुष्त बनाएका छन् । जिल्लाको राँके-देउरालीबाट साढे २६ किलोमिटर सडक २ वटा प्याकेजमा काम भइरहेको छ । सडक निर्माणको दुवै प्याकेजका लागि करिब ६० करोड रुपैयाँमा ठेक्का लागेको हो । निमार्ण व्यवसायीका अनुसार हालसम्म साढे ४ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ ।

समयमा भुक्तानीनै नभएकाले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले कामको तिव्रता घटाउनुपरेको निमार्ण व्यवसायी सन्तोष कटुवालको भनाइ छ ।यस्तै जिल्लाका अन्य ठाँउमा पनि प्रदेश सरकार अन्तर्गत सडकहरू निर्माणाधीन अवस्थामा रहेका छन् । यी सबै सडकमा पनि नियमित भुक्तानीकै अभावमा लक्ष्य अनुरुप काम हुन सकेको छैन ।

पूर्वाधार विकास कार्यालय झापा मार्फत सञ्चालित योजनाहरूलाई निरन्तरता दिनै समस्या भएको व्यवसायीहरुको भनाइ छ ।सन्दकपुर गाउँपालिकामा एउटा सडकको ठेक्का भए पनि सम्झौता हुन सकेको छैन । अपेक्षा अनुसार कामले तिव्रता नलिँदा समस्या भएको माङसेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो बताउँछन् ।

सडक सञ्जाल विस्तार गर्दै आवतजावत र सामाग्री ढुवानीमा सहज हुने अपेक्षा स्थानीयवासीको रहेको थियो । बजेट अभावमा समयमा नै काम नसकिने भएपछि स्थानीय निराश बनेको छन्

प्रतिक्रिया
सम्बन्धित समाचार