नयाँबजार । इलामको माईजोगमाई-४ (साबिक नामसालिङ्ग वडा न ७) मा जन्मिएकी अनु काफ्ले यतिबेला भिडियो खेल्न ब्यस्त छिन । पछिल्लो समय दर्शकले निकै मनपराएको ‘तीनपाते’ गीतकी मोडल अनु अहिले म्युजिक भिडियो खेल्न मै व्यस्त छिन् । उनको पछिल्लो समय अर्को नयाँ म्युजिक भिडियो समेत बजारमा आएको छ ।
‘कस्तो लाग्यो तिमिलाई’ बोलको म्युजिक भिडियो ओएसआर डिजिटल मार्फत आज सार्वजनिक भएको हो । टेलिसिरियल सक्किगोनिका चर्चित कलाकार सागर लम्साल बलेसंग अनुले सो गीतमा अभिनय गरेकी छिन् । लोक पौडेलको शब्द र संगीत रहेको उक्त गीतको एरेन्ज रुपमसिंह गुरुङले गरेका हुन् । म्युजिक भिडियो बुद्ध थापाले खिचेका हुन् ।
अहिलेसम्म ३७ हजार भन्दा बढिले यो भिडियो हेरिसकेका छन् । म्युजिक भिडियोमा ब्यस्त भएकी अनु अहिले काठमाडौमा बस्दै आएकी छन । पछिल्लो समय म्युजिक भिडियोमा नै ब्यस्त रहेको लोकल सन्देशलाई बताइन । उनले यो भन्दा अगाडि बिपिन कार्कीसंग बटौली बोलको गीतमा अभिनय गरेकी थिइन् । जुन गीत हालसम्म २२ लाख ९० हजार भन्दा बढिले हेरेका छन् ।
इलाममा छायांकन गरिएको उनी अभिनित ‘तीनपाते’ हालसम्म १ करोड १३ लाख भन्दा बढिले हेरिसकेका छन् । हालसम्म उनले ८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।