Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट उपाधि प्रदेश १ लाई

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट उपाधि प्रदेश १ लाई

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १९ २०७७


प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट उपाधि प्रदेश १ लाई

इलाम । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ। आज भएको फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले दिएको १ सय ५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो।

एपिएफकी ममता चौधरीले सर्वाधिक ३४ रन बनाए पनि हार टार्न प्रयाप्त भएन। यस्तै ओपनर ज्योति पाण्डेले १४ तथा करुणा भण्डारीले २६ रन जोडे पनि अन्यको ब्याट चल्न सकेन। प्रदेश १ की रुबिना क्षत्री र अलिशा खडियाले २र२ विकेट लिँदा संगीता राईले १ विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो।

प्रदेश १ की अप्सरा बेगमले सर्वाधिक ३४ रनको योगदान दिइन भने काजल श्रेष्ठ २९ रनमा अविजित रहिन्। यसैगरी कप्तान रुबिना क्षत्रीले १८ रन जोडिन्। एपिएफकी सीता राना मगरले ३ तथा करुणा भण्डारीले १ विकेट हात पारिन्। प्रदेश १ ले लुम्बिनीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले सेमिफाइनलमा सुदुपश्चिमलाई पराजित गरेको थियो।

विजेता प्रदेश १ ले पाँच लाख र उप विजेता एपिएफले तीन लाख रुपैयाँ पाएको छ । सेमीफाइनल पुग्ने लुम्बिनी र सुदूरपश्चिमले २५/२५ हजार प्राप्त गरे । प्लेयर अफ दि टुर्नामेन्ट प्रदेश १ की संगिता राई घोषित हुँदै नगद २१ हजार प्राप्त गरिन् । बेस्ट ब्याट्सवुमन एपिएफकी ज्योती पाण्डे र बेस्ट बलर करुणा भण्डारी घोषित बन्दै १०/ १० हजार प्राप्त गरे । प्लेयर अफ दि फाइनल प्रदेश १ की कप्तान रुविना क्षेत्री घोषित भइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार