Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

इलाम नगरपालिकाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १९ २०७७


इलाम नगरपालिकाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

इलाम । इलाम नगरपालिकाले सुत्केरी महिलालाई अस्पताल ल्याउन र लैजानको लागि निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रभित्रबाट इलाम अस्पताल र साखेजुङ्ग स्थित वर्थिङ्ग सेन्टरमा सुत्केरीलाई ल्याउन लैजानको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो ।

सुत्केरी महिलाबाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडा रकममा इलाम नगरवासीहरुको लागि २० प्रतिशत रकम छुट सुविधा दिने नगरपालिकाले जनाएको छ । त्यसका लागि इलाम नगरपालिकाले हालै एउटा एम्बुलेन्स खरिद गरेको छ ।

इलाम नगरपालिकाको आकस्मिक कोषबाट रु १० लाख ४० हजार ३ सय १७ रुपैयामा नेपाल सरकारको राजश्व छुट सुविधामा खरिद गरिएको सो एम्बुलेन्स सेवा प्राप्त गर्नका लागि मोवाइल नम्बर ९८६९८११११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ । यदि सो नम्बरमा तत्काल सम्पर्क हुन नसके मोवाइल नं ९८५२६८१२३६ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार