Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

नेकपाकाे सन्दकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

नेकपाकाे सन्दकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १८ २०७७


नेकपाकाे सन्दकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

सन्दकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्दकपुर गाउँपालिका कमिटीले अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा गाउँपालिका कमिटी सचिव जिवन शिवाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष भक्त केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद खिनु लङ्वा लिम्बु आमन्त्रित अतिथीको रुपमा रहेकी थिइन् ।

प्रचण्ड–झलनाथ–माधव समुहको प्रशिक्षणमा जिल्ला कमिटी सचिव सोममाया राई सिन्धु, कार्यालय सदस्य बिजय खम्बु, शान्ता बस्नेत, उदयबहादुर राई, सचिवालय सदस्य भोजप्रसाद खतिवडा, प्रेम नाछिरिङ, बिनोदहाङ लिम्बु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वक्ताहरुले केपी ओली सरकारले जनताको जनादेशबाट बनाएको संविधानको घाँटी रेटेको बताए ।

उनीहरु प्रधानमन्त्रीले कु गर्दै जनमतको अनादर गरेकाले यसको विरुद्ध सम्पुर्ण सन्दकपुबासी एक ढिक्का हुनुपर्नेमा जोड दिए । नेकपा सन्दकपुर गाउँपालिका कमिटीका अध्यक्ष प्रकाश पराजुली, कार्यालय सदस्य केबल राई पार्टी विरोधी गतिविधीमा संलग्न रहेको भन्दै उनीहरुको रिक्त स्थानमा क्रमश अध्यक्षमा हरिबहादुर लुङ्गेली र कार्यालय सदस्यमा मानबहादुर गुरुङलाई पदपुर्ती गरिएको जनाएको छ ।

सचिवालय सदस्यहरुमा दिनेश ढकाल, युवराज पौडेल र फुर्वा तामाङलाई सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको छ ।  त्यसैगरी गाउँपालिका भरीका ५ वटै वडामा आगामी २० गतेबाट ५ दिनसम्म वडामा रिक्त रहेको स्थानमा पदपुर्ती गर्दै पुर्ण वडा कमिटी निर्माण र हस्तान्तरणको नेकपाले तयारी गरेको छ ।

वडा कमिटीको बैठक संचालनको सम्बन्धमा पालिका भरीका सम्पुर्ण वडामा पुगेर बैठक संचालन एवम सहजीकरणको लागि कार्यदल गठन गरि परिचालन गरिने सचिवालय सदस्य युवराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार