Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरस्वतीको ६४ औ बार्षिक उत्सवको अवसरमा सम्मान तथा बिदाई

सरस्वतीको ६४ औ बार्षिक उत्सवको अवसरमा सम्मान तथा बिदाई

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १८ २०७७


सरस्वतीको ६४ औ बार्षिक उत्सवको अवसरमा सम्मान तथा बिदाई

रोङ । इलामको रोङ गाउँपालिका वडा नं ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालयको ६४ औ बार्षिक उत्सव शुक्रबार सम्मान बिदाइ र स्वागत कार्यक्रम गर्दै सम्पन्न भएको छ । कोभिड प्रकोपको कारण निर्धारित मिति भन्दा केही समय पछि धकेलिएको बार्षिक उत्सवमा यसै शैक्षिकबर्षमा सेवा निवृत्त भएका प्रधानाध्यापक डुकराज पौडेललाई सम्मान गरिएको छ ।

अर्को बिद्यालयमा सरुवा भएका शिक्षक द्धय किरण अर्याल र सन्तोषी कुमारी सिहको बिदाइ गरिएको थियो । बिद्यालयमा भरखरै आएका चारजना शिक्षकहरु बिश्वनाथ भट्टराई, युवराज राई देबीलाल राई र धनकुमारी प्रधानको स्वागत गरिएको थियो ।

३२ बर्ष बिद्यालयमा निरन्तर सेवा गरि २८ बर्ष प्रधानाध्यापकको जिम्मेवारी बोकेर सेवा निवृत भएका पौडेललाई फुलमाला , सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान र बिदाइ गरिएको छ।  अन्य बिदा भएका शिक्षकहरुलाई मायाको चिनो र प्रसंसा पत्र प्रदान गरिएको थियो ।

रोङ गाउपालिकाको अध्यक्ष समसेर राईको प्रमुख आतिथ्यता, उपाध्यक्ष चन्द्रकला राईको बिशेष आतिथ्यता रहेको सो कार्यक्रममा बिद्यालयको बर्तमान अवस्थाको बारेमा प्रधानाध्यापक गोबिन्द पौडेलले प्रष्ट पारेका थिए । बिबिध बाल सांस्कृतिक कार्यक्रम बिच सम्पन्न भएको समारोहमा बिद्यार्थी प्रबिन राइले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम शिक्षक सोमनाथ भण्डारीले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार