नयाँबजार । माईजोगमाई गाउँपालिका– ६ प्याङमा आज एक कार्यक्रमका बिच नव निर्मित वडा भवन उद्धघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले भवनको उद्धघाटन गरेका हुन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराई र प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।
इन्जिनियर प्रकाश चौधरी, योजना शाखा प्रमुख विरध्वज लिम्बु, डिल्लीराम ओली, बन्धु राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता वडाध्यक्ष भवानी प्रसाद लिङ्दमले गरेका थिए । आर्थिक बर्ष २०७६/७७ मा ठेक्का सम्झौता भई कन्दरा निर्माण सेवाले वडा कार्यालय निर्माण गरेको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए ।
