दाङ । कप्तान रुविना क्षेत्रीको अर्धशतकको मद्धतमा दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा प्रदेश एकले बिजयी सुरुवात गरेको छ । समुह बी मा रहेको प्रदेश एकले बागमतीमाथी ४६ रनको फराकिलो जित निकालेको हो । टस जितेर व्याटिङ रोजेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रनको योगफल तयार पारेको थियो ।
प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा रुविनाले कप्तानी पारी खेलिन् । १६ औ ओभरमा आरती विडारीकाे बलमा सुमन खतिवडाद्धारा क्याच आउट हुनुअघि उनले ५५ बलमा ६ चौकाको मद्धतमा ५५ रन जोडेकी थिइन् । प्रदेश एकको ओपनिङ सुखद हुन सकेन् । पहिलो ओभरको पहिलो बलमा नै ओपनर काजल श्रेष्ठलाई क्रिष्मा गुरुङले आरतीको हातबाट क्याच आउट गराउँदै पेवोलियन फकाईन् ।
रोमा थापा ४ रनमा आउट हुनु अघि उनले कप्तान रुविनासंग ४६ रनको साझेदारी गरिन् । तेश्रो विकटको रुपमा रुविना पेवोलियन फर्किनु अघि प्रदेश एकले १५.२ ओभरमा ८२ रन जोडेको थियो । त्यसपछि पारी सम्हाल्न आएकी अप्सरी बेगमले नटआउट १६ रनको योगदान दिइन् । १३ बलको सामना गरेकी उनले १ छक्का प्रहार गरिन् ।
संगीता राईले १ रन जोड्दा निग्मा तामाङले नटआउट ५ रन जोडिन् । प्रदेश एकले अतिरिक्त २१ रन पाएको थियो । बागमतीकी आरती बिडारीले ३ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिइन् । कप्तान अस्मिना कर्मचार्य, क्रिष्मा गुरुङ र निशा तामाङको नाममा १/१ विकेट रहयो । १०७ रनको बिजयी लक्ष्य पछयाएको लुम्बिनी १६.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटियो ।
उसको सुमन खतिवडा र कञ्चन श्रेष्ठ बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंकको रन जोड्न सकेनन् । कञ्चनले १३ र समुनले १२ रनको योगदान दिइन् । सुजिता थापाले ९ रन जोड्दा आरतीले नटआउट ८ रन जोडिन् । लुम्बिनीका ३ जना ब्याट्सवुमनले खाता खोल्न सकेनन् ।
बागमतीलाई सस्तैमा समेट्ने क्रममा निग्मा तामाङले ३ विकेट लिइन् । ३ ओभर बलिङ गर्दै निग्माले १२ रन खर्च गरिन् । एक ओभर बलिङ गरेकी अप्सरीले ३ रन दिँदै २ विकेट लिइन् । एलिसा खडिया, सबनम राई र निशा शाहको नाममा १/१ विकेट रहयो । खेलको प्लेयर अफ दि म्याच प्रदेश एककी कप्तान रुविना घोषित भइन् । प्रदेश एकले अर्को खेलमा बुधबार सुदुरपश्चिम र बागमतीले गण्डकीको सामना गर्नेछ ।
गण्डकीमाथी सुदुरपश्चिमको फराकिलो जित
आज नै भएको पहिलो खेलमा सुदुरपश्चिमले समेत बिजयी सुरुवात गरेको छ । समुह बी मा रहेको सुदुर पश्चिमले गण्डकीमाथी ५९ रनको फराकिलो जित हात पारेको हो । टस जितेर व्याटिङ थालेको सुदुरपश्चिमले अतिरिक्त ३२ रनको मद्धतमा १९.३ ओभरमा १०७ रनको योगफल तयार पारेको थियो ।
सुदुरपश्चिमका लागि ओपनर रेवती धामीले २७ रनको योगदान दिइन् । विन्दु रावलले १३, मन्जु बोगटीले १० रन जोड्न बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक समेत छुन सकेनन् । गण्डकीकी सृष्टि पौडेल र एलिसा लामिछानेले ३÷३ विकेट लिए । अन्जली विश्वकर्मा, कुसुम गोदार र ज्योत्सनिका मरासीनीको नाममा १/१ विकेट रहयो ।
१०८ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन मात्र जोड्न सफल रहयो । गण्डकीका कुनै पनि ब्याट्सवुमनले दोहारो अंकको रन जोड्न सकेनन् । उसका लागि सृष्टि पौडेलले सर्वाधिक ८ रन जोडिन् । नटआउट रहँदै ज्योत्सनिकाले ६ र कुसुमले ५ रन जोडिन् ।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट लिइन् । कविता कुवर, रितु कनौजिया र लक्ष्मी साउदको नाममा १/१ विकेट रहयो । यता प्रतियोगिताको समूह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् ।