Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

महमाईका बाख्रापालकलाई तालिम

महमाईका बाख्रापालकलाई तालिम

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस ९ २०७७


महमाईका बाख्रापालकलाई तालिम

माई । इलामको माई नगरपालिका–८ महमाईका किसानहरुलाई व्यवसायीक बाख्रापालन तालिम दिइएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानावारी सेवाकेन्द्रको आयोजना तथा वडा नं ८ को सहभागितामा वडाभित्र व्यावसायिक बाख्रापालन गर्ने किसानहरुलाई तालिम दिइएको हो ।

बाख्रापालन व्यवसायलाई व्यावसायिक बनाई आयआर्जनमा वृद्धि गर्दै किसानको जीवन सहज बनाउन तालिम सञ्चालन गरिएको सहारा नेपाल दानावारी सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए । ब्यावसायिक रुपमा बाख्रापालन पकेट क्षेत्रको रुपमा रहेको दानाबारीमा सहाराले आफ्ना ३६ जना समुह सदस्यहरुलाई व्यावसायिक वाख्रापालन प्रविधिसम्वन्धीे तालिम प्रदान गरेको हो।

तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वडाध्यक्ष भक्तबहादुर आङ्गदम्बेले तालिम लिएर व्यावसायिक रुपमा उद्यमी बन्न सहभागीहरुलाई आग्रह गरे । उनले उद्यमशिलताको विकास गर्न स्थानीय तह र संघसस्थाहरुबीच सहकार्य हुनुपर्ने आबश्यकता औल्याए ।

आङ्गदम्बेले सहारा नेपाल दानावारी द्वारा तालिम प्रदान गरी वडा कार्यालयलाई समेत सहभागी गराएकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनि कृषकहरुलाई सरकार र संघसंस्थाले दिने सेवा सुविधाको वारेमा सहकार्य गर्ने बताए । नेपाल आदिबासी जनजाति महासघ माईका महिला सचिव खगीमाया राई, वडा सदस्य शान्ता थेगिम, सहारा नेपाल साकोस दुधेका अनुगमन अधिकृत चुडामणी कट्टेल लगायतले कार्यक्रमको औचित्य तथा संस्थागत गतिविधिका वारेमा सहभागीलाई जानकारी गराएका थिए ।

दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण डा कम्लेश्वर भाट र कृषि प्राविधिक प्रविण कोईरालाले गरेका थिए । शेयर सदस्य पवित्रा पुलामीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहारा दानावारी सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिनाको स्वागत र सेवाकेन्द्र दानावारीका समुह प्रवद्र्धक सपनकुमार भट्टराईले सञ्चालन गरेका थिए ।

यसैबीच माई नगरपालिका वडा नम्बर ८ मा नवनिर्मित जनजाति महासंघको भवनलाई सहारा नेपाल दानावारीले दुई थान कुर्सी निःशुल्क उपलव्ध गराएको शाखा प्रमुख तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार